FAQs Complain Problems

समाचार

आगामी आ.व. २०८२/०८३ को बार्षिक बजेट तथा कार्यक्रम सभामा पेश भएको छ ।

सिगास गाउँपालिकाका उपाध्यक्ष श्री धाना धामीज्यूले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि कूल रु. ५५ करोड ९० लाख ७४ हजार १०९ को अनुमानित बजेट तथा कार्यक्रम सिगास गाउँपालिकाको १७ औँ गाउँसभाको दोस्रो बैठकमा पेश गर्नुभएको छ । जसमा आयतर्फ नेपाल सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदानतर्फ रु. ९ करोड ६० लाख र सुदूरपश्चिम प्रदेश सरकारबाट प्राप्त हुने समानीकरण अनुदानतर्फ रु. ८२ लाख ३० हजार, नेपाल सरकारबाट प्राप्त हुने राजस्व बाँडफाँडतर्फ रु. १० करोड ७३ लाख ९८ हजार १ सय ९, प्रदेश सरकारबाट प्राप्त हुने राजस्व (सवारी कर) २९ लाख ७१ हजार, नेपाल सरकारबाट प्राप्त हुने सशर्त अनुदान तर्फ रु. २२ करोड ९९ लाख र प्रदेश सरकारबाट प्राप्त हुने सशर्त अनुदान तर्फ रु ७० लाख, आन्तरिक आयतर्फ रु. ७६ लाख १५ हजार, चालु आ.व. मा हुन सक्ने बैंक मौज्दात रु. ४ करोड ७० लाख ६० हजार समेत गरी कूल रु. ५५ करोड ९० लाख ७४ हजार १०९ आम्दानी हुने अनुमान गरिएको छ । जसमध्ये चालु तर्फ जम्मा विनियोजन रकम रु. ३७ करोड ४९ लाख ६७ हजार १ सय ९ (जुन ६७ दशमलव ७ प्रतिशत) र पुँजीगत तर्फ रु. १८ करोड ४१ लाख ७ हजार (जुन ३२ दशमलव ९३ प्रतिशत) रकम विनियोजन गरिएको छ ।
अर्को बैठक अर्थात १७ औँ गाउँसभाको तेस्रो बैठक सभाका अध्यक्ष श्री हरि सिंह धामीज्यूले असार १० गते २०८२ मा अह्वान गर्नुभएको छ ।

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.

आर्थिक वर्ष:

//